धितोपत्र बजारमा १.९३ अंकको वृद्धि, नेप्से परिसूचक २०११.३९ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ९३ अंकले बढेर २०११ दशमलव ३९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०२ अंकले बढेर ३८५ दशमलव ९३ को विन्दुमा पुगेको छ ।


आज कूल २१० कम्पनीका ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य आठ उपसमूहको शेयर ओरालो लागेका छन् । बैंकिङ उपसमूह ८ दशमलव ३९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १० दशमलव ७ अङ्कले, उत्पादन उपसमूह ४३.५५ अङ्कले, जीवन बीमा उपसमूह १५.२१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५९ अङ्कले बढेका छन् । यता, होटल तथा पर्यटन उपसमूह ३१ दशमलव ८३ अङ्कले, विकास बैंक उपसमूह १.४६ अङ्कले, जलविद्युत उपसमूह २६.३६ अङ्कले, वित्त उपसमूह ११.२४ अङ्कले, निर्जीवन बीमा ६.९६ अङ्कले, अन्य उपसमूह ६.४२ अङ्कले, लघुवित्त उपसमूह १७.१८ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०३ अङ्कले घटेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x