सिद्धार्थ बैंककाे नाफा ५२ करोड १४ लाख

ज्ञानमाण्डू। सिद्धार्थ बैंकको नाफा ०.६९ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ५२ करोड ५० लाख नाफा कमाएको थियो भने अहिले ५२ करोड १४ लाख नाफा कमाएको छ । बैंकको स्रोत लागत (कस्ट अफ फण्ड) ७.२० प्रतिशतबाट बढेर ७.३३ प्रतिशत पुग्दा नाफामा केहि असर परेकाे देखिन्छ । 

८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले १ खर्ब १८ अर्ब ४० करोड ८२ लाख ३८ हजार ५ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ६८ करोड ३२ लाख २६ हजार २ सय ९३ रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब १६ करोड ८० लाख ३८ हजार ३ सय ८२ रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.२९ प्रतिशतले वृद्धि भएर १ अर्ब ४३ करोड १८ लाख २० हजार ४ रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.२८ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ०३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा छ र मूल्य आम्दानी अनुपात १२.७७ गुणा बढी छ ।
Image result for siddharthabank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x