Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीम संचालन गर्ने


ज्ञानमाण्डू/काठमाडौं: साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीमको छैठाैँ ब्याच २०७५ साल मंसिर २१ देखि २३ गते सम्म प्रत्येक दिन अपरान्ह ४ बजे देखि ६ बजेसम्म संचालन गर्ने भएको छ । कोटेश्वर, काठमाडौ स्थित कम्पनीको तालीम केन्द्रमा संचालन हुने सो तालीममा अधिकतम ३० जना सहभागी हुन सक्ने, र तालीमका विशेषताहरुमा शेयर बजार के हो र कसरी प्रवेश गर्ने ? शेयर बजारलाई प्रभाव पार्ने तत्वहरू के के हुन्‌? वित्तिय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरु, नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यसको क्षेत्रबारे विशेष जानकारी  रहेको तथा तालीम शुल्क प्रति सहभागी कर सहित रु.१,५०० /- रहेको जनाइएको छ । तालीमका संयोजक उत्सव ढकालले सस्तो शुल्कमा खास गरेर नवप्रबेसीहरुलाई लक्षित गरी तालीम संचालन गर्दै आएको कुरा जानकारी गराउदै शेयर विश्लेषक सन्तोशराज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा बताए ।

थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ९८५११८०२२२ रहेको छ ।

अथवा  message  पठाउन  https://www.facebook.com/scientificlearningcenter क्लिक गर्नुहाेस् । 

Ad After News Content

GME

Enjoy Your Study