Gyanmandu LOGO

Reliable

ताजा

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा र १ एक्टेन्सन काउण्टर सञ्चालनमा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ पौष ४ गते बुधबार देखि सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका – ११, रामघाटमा १११औँ र मिति २०७५ पौष ५ गते बिहीबार देखि बाँके जिल्लाको बैजनाथ गाँउपालिका – ४, बानियाभारमा ११२औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यि दुबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । सुर्खेतको रामघाटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको सुर्खेत शाखा र बाँकेको बानियाभारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कोहलपुर शाखाको मातहतमा रहने छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

यसका साथै बैंकले मिति २०७५ पौष ३ गते मंगलबार देखि कीर्तिपुर नगरपालिका स्थित त्रिभुवन विश्वविद्मालयको परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु, काठमाण्डौमा आफ्नो ७ औँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खुमा रहेको आफ्नो नगद संकलन काउण्टरलाई स्तरोन्नती गरी एक्सटेन्सन काउण्टरमा रुपान्तरित गरेको हो । यस एक्सटेन्सन काउण्टर बैंकको कीर्तिपुर शाखाको मातहतमा रहने छ । 
परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राही विद्मार्थीहरुले विभिन्न शुल्कहरु बुझाउन अझ सहज होस् र विद्मार्थीहरु तथा त्रिभुवन विश्वविद्मालयका कर्मचारीहरुको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११२ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।


IME