Gyanmandu LOGO

Reliable

ताजा

इजाजत नलिई श्रमिक आपूर्ति गर्न नपाइने, हाल संचालनमा रहेका श्रमिक आपूर्तिकर्ताहरुले २०७५ साल पौष ७ गते भित्र इजाजत लिइसक्नुपर्ने


ज्ञानमाण्डू। नेपालको श्रम ऐन, २०७४, श्रम नियमावली,२०७५ तथा सो सम्बन्धमा नेपाल सरकारबाट जारी सूचनाहरुले श्रमिकआपूर्ति सम्बन्धी ब्यवस्थालाई ब्यवस्थित गरेका छन् । यस अघिको श्रम कानूनमा यस सम्बन्धमा स्पष्ट ब्यवस्था नभएको सन्दर्भमा हाल गरिएको कानूनी ब्यवस्थाले श्रमिक आपूर्ति सम्बन्धी कार्यलाई थप ब्यवस्थित गरेको छ । श्रम ऐन,२०७४ ले श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले सो ऐन बमोजिम इजाजतलिनु पर्ने ब्यवस्था गर्दै यस्तो इजाजतकालागि सम्बन्धित क्षेत्रको श्रम कार्यालयमा र एक भन्दा बढि कार्यालय रहेको क्षेत्रमा श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले श्रम विभागमा आवेदनगर्नु पर्ने ब्यवस्था गरेको छ । यसै बिच  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिति २०७५ साल असोज १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाउन सकिने कामको सूचि तोकी हाल संचालनमा रहेका श्रमिक आपूर्तिकर्ताहरुले २०७५ साल पौष ७ गते भित्र श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयबाट इजाजत लिन सूचित गरेको छ ।  

श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाउन सकिने कामहरु

श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाउदा ब्यवसाय वा सेवाको मुख्य काम (ब्यवसाय स्थापनागर्दा उल्लेख गरिएका काम र सो संग प्रत्यक्षरुपमा सम्बन्धित काम ) मा वाहेक अन्य काममा मात्र लगाउनु पर्ने ब्यबस्था गरिएको छ । सूचनामा श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाउन सकिने कामहरु देहाय बमोजिम तोकिएको छ ।

(क) सुरक्षा सेवा: सुरक्षा श्रमिकहरु ।

(ख) सहजकारी सेवा: सबै प्रकारका सरसफाइ तथा फोहोर ब्यवस्थापनलाई आवश्यक श्रमिक,बगैचा ब्यवस्थापन गर्ने माली लगायत कृषि श्रमिक, कार्यालय सहायक (चिया तथा खाजा तयार गर्ने वा म्यासेन्जर सेवा), क्यान्टिन तथा क्याटरिङ्ग श्रमिक ।

(ग) व्यवसाय सहयोग सेवा: चालक,परिचालक,लोड,अनलोड, सामानको ओसार पसार तथा भण्डारण ब्यवस्थापन गर्ने श्रमिक, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श गर्ने श्रमिक, प्लम्वर,इलेक्ट्रिसियन,डकर्मी, सिकर्मी लगायतका निर्माण श्रमिक ।

(घ) घरेलु सहयोगी सेवा: हाउसमेड,केयर गिभर लगायतका घरेलु श्रमिक ।

एउटै कम्पनीले कुनै दुई भन्दा बढि काम वा सेवाका लागि श्रमिक आपूर्ति गर्न पाउने छैन ।

श्रम आपूीर्ति इजाजत लिन आवेदन गर्नुपर्ने 

श्रमिक आपूर्ति गर्नको लागि इजाजतपत्र लिन चाहने कम्पनीले सम्बन्धित क्षेत्रको श्रम कार्यालय समक्ष र एक भन्दा बढि श्रम कार्यालय रहेको क्षेत्रको हकमा श्रम विभाग समक्ष श्रम नियमावली,२०७५ को अनूसूचि ७ बमोजिमको ढांचामा  कम्पनीदर्ता प्रमाणपत्रको प्रतिलिपि,कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि,स्थायी लेखानम्बर वा मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,कर चुक्ता गरेको प्रमाण, कम्पनीका संचालकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र संस्थापक वा संचालकले आंफु कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको र प्रचलित कानून बमोजिम कालो सूचिमा नपरेको स्वघोषणापत्र सहित आवेदन दिनु पर्ने ब्यवस्था रहेकोे छ ।

इजाजत दिन सक्ने

श्रमिक आपूर्ति गर्नको लागि प्राप्तनिवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा तल उल्लेख भए बमोजिमको इजाजत दस्तुर र धरौटी वा बैंक ग्यारेण्टी लिई पन्ध्र दिन भित्र विभाग वा कार्यालयले त्यस्तो निवेदकलाई श्रमिक आपूर्ति गर्न पाउने गरी श्रम आपूर्तिकर्ताले पालना गर्नुपर्ने आवश्यक शर्तहरु उल्लेख गरी इजाजतपत्र जारी गर्नु पर्नेछ ।



क्र=सं=

विवरण 

श्रम विभागमा निवेदन 
दिने हकमा

श्रम कार्यालयमा निवेदन 
दिने हकमा



इजाजत 
दस्तुर

बीस हजार रुपैया

दश हजार रुपैया


धरौटी वा 
बैंक 
ग्यारेन्टी 

पन्ध्र लाख रुपैया

पन्ध्र लाख रुपैया

कुनै श्रमिक आपूर्तिकर्ताले एक भन्दा बढि श्रम कार्यालयको कार्यक्षेत्र 
भन्दा बढीको लागि श्रमिक आपूर्ति गर्न चाहेमा प्रति कार्य  क्षेत्र थप 
पांच लाख रुपैया धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी दिनु पर्नेछ । 

इजाजतपत्रवालाले धरौटी वापत बैंक ग्यारेण्टी दिएमा त्यस्तो बैक 
ग्यारेण्टीको अवधि इजाजतपत्र बहाल रहने अवधि भन्दा कम्तिमा तीन 
महिना बढी अवधिको हुनुपर्ने छ ।




इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने 

श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त गरेको कम्पनीले हरेक बर्षको पौष मसान्त भित्र इजाजतपत्र जारी गर्ने कार्यालय वा विभाग समक्ष गत आर्थिक बर्षमा आपूर्ति गरिएका श्रमिकहरुको विवरण,संख्या, कार्यरत प्रतिष्ठान र मुख्य रोजगारदाताको नाम,आपूर्ति गरिएका श्रमिकलाई वितरण गरेको पारिश्रमिक,भत्ता,सुविधा तथा प्रत्येक श्रमिकको सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकमको विवरण, श्रम अडिट गरेको प्रतिवेदन,कम्पनीको ठेगाना,संचालकको नाम,सम्पर्क नम्बर,कम्पनी सम्बन्धी कुनै विवरण परिवर्तन भएमा सो को विवरण बुझाउनु पर्ने व्यवस्था श्रम ऐन,२०७४ को दफा ६० र श्रम नियमावली,२०७५ को नियम ३१ ले गरेको छ । 

इजाजतपत्र नविकरण गर्नु पर्ने 

श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त गरेको कम्पनीले आफूले प्राप्त गरेको इजाजतपत्र नविकरण गराउन प्रत्येक बर्ष आश्विन मसान्त भित्र गत आर्थिक बर्षको आय विवरण बुझाएको भरपाई वा सो भन्दा अघिल्लो आर्थिक बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, कार्यालय वा विभाग समक्ष श्रम नियमावलीको नियम ३१ बमोजिमको विवरण बुझाएको निस्सा, इजाजतपत्र लिदा बैक ग्यारेण्टी राखेको भए सो नविकरण गरेको प्रमाण र श्रम नियमावलीले तोके बमोजिमको नविकरण दस्तुर सहित इजाजतपत्र जारी गर्ने कार्यालय वा विभाग समक्ष निवेदन दिनु पर्ने व्यवस्था श्रम नियमावली २०७५ ले गरेको छ । उल्लेखित अवधि भित्र इजाजतपत्र नविकरण नगराउने श्रम आपूर्तिकर्ताले सोही आर्थिक बर्ष भित्र नविकरणका लागि निवेदन दिएमा म्याद भुक्तानी भएको प्रत्येक महिनाको लागि नविकरण दस्तुरको दश प्रतिशतले हुन आउने रकम थप दस्तुर लिई विभाग वा कार्यालयले त्यस्तो इजाजतपत्र नविकरण गरिदिन सक्ने ब्यवस्था समेत सो नियमावलीमा गरिएको छ ।

इजाजतपत्र निलम्बन तथा निलम्बन फुकुवा हुन सक्ने

श्रम ऐन,२०७४ को दफा ६० र श्रम नियमावली,२०७५ को नियम ३१ बमोजिम बुझाउनु पर्ने विवरण नबुझाएमा, श्रम ऐन, २०७४ को दफा ६२ (६) मा कुनै श्रमिक आपूर्तिकर्ताले श्रम ऐन र श्रम नियमावलीमा तोकेका शर्त तथा दिएका निर्देशन पालना नगरेमा श्रम विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्तालाई पहिलो पटकका लागि पचिस हजार रुपैया सम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेकोले सो बमोजि जरिवाना भएकोमा त्यस्तो जरिवाना श्रम विभाग वा कार्यालयले तोकेको अबधि भित्र नबुझाएमा तथा इजाजतपत्र दिदा श्रम विभाग वा कार्यालयले तोकेका शर्तहरुको पालना नगरेमा सम्बन्धित श्रमिक आपूर्तिकर्तालाई सफाइ पेश गर्ने सात दिनको मौका दिई सफाई पेश नगरेमा वा पेश गरकोे सफाई सन्तोषजनक  नदेखिएमा श्रम विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताको इजाजत एक पटकमा छ महिना सम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था श्रम नियमावलीको नियम ३२ ले गरेको छ । यसरी निलम्बन भएको श्रमिक आपूर्तिकर्ताले निलम्बन भएको अवधिभर श्रमिक आपूर्ति गर्न नपाउने तर निलम्बन हुनु अगाडि आपूर्ति गरेका श्रमिकलाई निरन्तर काममा लगाउन सक्ने ब्यवस्था छ भने इजाजतपत्र निलम्बनमा परेको श्रमिक आपूर्तिकर्ताले श्रम ऐन र नियमावलीमा तोकिएको शर्त तथा दिइएका निर्देशनहरु  पालना गरेको प्रमाण सहित निलम्बन फुकुवा गर्न निवेदन दिएमा श्रम विभाग वा कार्यालयले जांचबुझ गर्दा व्यहोरा सांचो देखिएमा निलम्बन फुकुवा गर्न सक्ने ब्यबस्था समेत श्रम नियमावलीले गरेको छ ।

मुख्य रोजगारदाताको श्रमिक मानिने

श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक आपूर्ति गर्ने, गराउने गरी कुनै किसिमको प्रस्ताव वा बोलपत्र आह्वान वा पेश गर्दा वा श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गर्दा आपूर्ति गरिने श्रमिकको पारिश्रमिक र अन्य सुविधा श्रम ऐनमा तोकिए भन्दा कम नहुने गरी गर्नु पर्ने, विपरित हुने गरी गरेमा  त्यस्तो प्रस्ताव, बोलपत्र वा सम्झौता स्वतहः रद्ध हुने ब्यवस्था श्रम ऐन,२०७४ ले गरेको छ, यदि मुख्य रोजगारदाताले सो ऐन बमोजिमश्रमिक आपूर्ति गर्ने इजाजतपत्र नलिएको कम्पनी मार्फत वा सो ऐनमा उल्लेखित प्राबधान विपरीत श्रमिक आपूर्ति गरी काममा लगाएमा त्यस्तो श्रमिक मुख्य रोजगारदाताको श्रमिक मानिने ब्यवस्थाको अतिरिक्त श्रमिक आपूर्तिकर्ताले आफुले आपूर्ति गरेको श्रमिकबाट कुनै किसिमको शुल्क वा कमिशन लिन नपाउने ब्यवस्था समेत सो ऐनले गरेको छ ।



IME