Gyanmandu LOGO

Reliable

ताजा

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त

ज्ञानमाण्डू। एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा ४ वर्षकाे लागि नियुक्त गरेको हो ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात नवनियुक्त सीईओ न्यौपानेले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।
नवनियुक्त सीईओ न्यौपाने आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । उनले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गर्दै आएका छन् ।
सीईओमा नियुक्त भएकै दिन न्यौपानेलाई बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । साथै, उनले सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्त ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

IME