सविधान दिवसका अवसरमा नेपाल टेलिकमको सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना

ज्ञानमाण्डू।संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीवी डाटा प्याक योजना ल्याएको छ।

टेलिकमका अनुसार यो डाटा प्याकेज लिएर ग्राहकले निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीविका दरले जम्मा ३ जीवी डाटा प्रयोग गर्न पाउने छन्। यो प्याकेज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीले योजनामा सहभागी हुन *१४१५*३# मा डायल गर्नुपर्दछ। यसका साथै ३ DGI लेखेर १४१५ मा सन्देश पठाएर सेवा लिन सकिने कुरा टेलिकमले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।