महुली लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र नगद लाभांस दिने

ज्ञानमाण्डू।महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि २० प्रतिशत बोनस शेयर र ११.५७९ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनको लागि समेत) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।