Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सेञ्चुरी बैंककाे नाफा ३५.३३ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी ७८ करोड ०४ लाख

ज्ञानमाण्डू।  सेञ्चुरी बैंकको नाफा ३५.३३ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले २७ करोड ४० लाख नाफा कमाएको थियो भने अहिले ३७ करोड ०८ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब १ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकले ६१ अर्ब २४ करोड ९१ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) १ अर्ब ७५ करोड ६९ लाख ५६ हजार रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.४८ प्रतिशतले वृद्धि भएर ७८ करोड ०४ लाख ६४ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात २.४७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २९ पैसा छ र मूल्य आम्दानी अनुपात ८.७४  गुणा छ ।