ओखलढुङ्गाको रमाइलो डाँडामा ग्लोबल आइएमई बैंकको १४९औं शाखा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १ को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडा बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १४९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आईरहेको छ । 

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।