सामुदायिक लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल कार्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि ३२ प्रतिशत बोनस शेयर र १.६८ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनको लागि) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।