Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सिना मादेन लिम्बू, तेक्वान्दोमा नेपाललाई दोस्रो स्वर्ण दिलाउन सफल

ज्ञानमाण्डू। नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन् ।  सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको प्रतिस्पर्धा अन्तर्गत स्वर्ण जितेकी हुन् ।

सिनाले भारतकी रुपा बयोरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । सिनाले ८ ।१५० अङ्क जोड्दा भारतकी रुपा बयोरले ८.१३० अङ्क जोडेकी थिइन् । त्यस्तै, श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कांस्य जित्न सफल भएकी छिन् ।

यस अघि पुरुष २३ देखि २९ वर्षको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जितेका हुन् । 

Ad After News Content