Gyanmandu LOGO

Reliable

ताजा

तेक्वान्दो महिला टिम पुम्सेमा नेपाललाई स्वर्ण

ज्ञानमाण्डू।नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा पनि स्वर्ण पदक जितेको छ ।

सातदोबाटो स्थित तेक्वान्दो हलमा सोमबार १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतीय टोलीलाई ७.९८० को स्कोरले पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो ।त्यस्तै, भारतीय टोलीले ७.९७० र कांस्य पदक विजेता टोली बङ्गलादेशले ७.७६० स्कोर प्राप्त गरेको छ । 

IME