Gyanmandu LOGO

Reliable

ताजा

करातेमा नेपालकी कुसुमले जितिन् ११ औं स्वर्ण

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छिन् ।सातदोबाटो स्थित कराते हलमा सोमबार कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा कुसुमले बङ्गलादेशका खेलाडीलाई ३-२ अङ्कले  पराजित गर्दै प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न सफल भइन् ।

कुसुमले फाइनलमा बङ्गलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलङ्काकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । 

IME