Gyanmandu LOGO

Reliable

ताजा

डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत दुवै

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत दुवै पदक हात पार्न सफल भएको छ । मङ्गलवार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका हुन् ।

डुवाथोलनमा हरेक प्रतिस्पर्धीले ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २.५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ ।यता, ट्रायथोलनमा नेपालको पदक सङ्ख्या ४ पुगेको छ । सोमबार सोनी गुरुङले ट्रायथोलनमा स्वर्ण पदक जितेकी थिइन् भने पुरुषतर्फ वसन्त थारुले कांस्य पदक जितेका थिए । 

IME