Gyanmandu LOGO

Reliable

ताजा

कराँते पुरुष टिम कातामा नेपाललाई स्वर्ण

ज्ञानमाण्डू।१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको छ ।सातदोबाटो स्थित कराँते हालमा एकल कातामा मण्डेकाजी श्रेष्ठ लगायत प्रवीण मानन्धर र महसुस तामाङको टोलीले फाइनलमा श्रीलङ्कालाई पराजित गर्दै पहिलो स्थान र स्वर्ण हात पार्न सफल भएको हो ।

श्रीलङ्काले फाइनलमा २५.२८ अङ्क जोड्दा नेपाली टोलीले २५.५४ अङ्क प्राप्त गरेको हो । यसअघि, नेपाली टोलीले २५.१४ स्कोर बनाउँदै २४.८८ स्कोर गरेको बङ्गलादेशलाई हराउन सफल हुँदै अन्तिम दुईमा पुगेको हो ।

  

IME