Gyanmandu LOGO

Reliable

ताजा

कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण

ज्ञानमाण्डू।१३औं साग अन्तरगतको महिला टिम कातामा नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको छ ।निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो ।

सातदोबाटोस्थ्ति नवनिर्मित कभर्डहलमा सोमबार भएको टिम कातामा पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो ।

जारी सागमाको कातामा यो दोस्रो स्वर्ण हो । यसअघि मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका थिए ।  

IME