Gyanmandu LOGO

Reliable

ताजा

तेक्वान्दोमा कमललाई स्वर्ण, नेपालले जित्यो दोस्रो स्वर्ण

ज्ञानमाण्डू।१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दोस्रो  स्वर्ण पदक जितेको छ ।तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण हात पर्न सफल भएका हुन् ।

कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक जोड्दा भारतका राहुलले ८.२०० अंक लिएका थिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे ।


IME