Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अर्थ मन्त्रीबाट ग्लोबल आइएमई बैंक र जनता बैंककाे एकीकृत कारोबारकाे औपचारिक शुभारम्भ


ज्ञानमाण्डू। आज मसिंर २० गते बिहान ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यलयमा आयोजित ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरुगर्ने कार्यक्रमको अर्थ मन्त्री डा. युवराज खतिवडाले औपचारिक शुभारम्भ गरेका छन् ।

कार्यक्रममा उपस्थित अर्थ मन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र अन्य विशिष्ट अथिति एवं पदाधिकारीहरुले ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई एक आपसमा गाभिई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैङ्कले केही वर्ष अगाडी लिएको मर्जर पोलिसीमा साथ दिएकोमा ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाललाई धन्यवाद दिएका छन् साथै यो मर्जर अन्य बैङ्क तथा वित्तीय संस्थाहरुका लागि उदाहरण भएको बताएका छन्।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी ग्लोबल आइएमई बैंकले र जनता बैंकले विभिन्न सूचकका आधारमा देशको सबैभन्दा ठूलो बैंकको रुपमा एकिकृति कारोबार शुभारम्भ गरेका हुन् । २०६३ सालबाट ग्लोबल आइएमई बैंक र २०६६ सालबाट जनता बैंक नेपाल संचालनमा आएका थिए । दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २८ बाट २७ मा झरेको छ ।