Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

आइएमई जनरल इन्स्योरेन्स बन्याे "ASIA’S MOST TRUSTED COMPANY 2019"

ज्ञानमाण्डू।मिति ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले ASIA’S MOST TRUSTED COMPANY AWARD 2019 बाट सम्मानित गरेकोछ । उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष श्री हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत श्री युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका अध्यक्ष श्री हेमराज ढकालले IBC लाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पुर्ण ग्राहकबर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्री ढकालले नेपाल सरकारले २०२० लाई बर्ष भरिनै नेपालले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गर्दै यहांहरुलाई स्वागत गर्न म लगायत सम्पूर्ण नेपालीहरु आतुर रहेको जानकारी गराए ।

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME