कामना सेवा विकास बैंकको नयाँ शाखा भक्तपुरको लोकन्थलीमा
ज्ञानमाण्डू।कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुरको लोकन्थलीमा नयाँ शाखा
विस्तार गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको
मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा आफ्नो १०६ औँ शाखा
कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
मध्यपुर थिमी
नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप
आचार्यले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका हुन् । उक्त
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब
महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति
रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत
प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका
बारेमा प्रकाश पारे ।

काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय
रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटिएममार्फत
ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले
एबिबिएस, एसएमस बैंकिङ, मोबाइल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत
सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना
सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिकृया दिनुहोस्