Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

औद्योगिकग्राम कालाखोला र भुस्कालमा स्थापना हुने

ज्ञानमाण्डू।बागलुङ जिल्लाका दुई स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक पूर्वाधार निर्माणका गर्न रु एक करोड ८४ लाख विनियोजन भएको छ । जिल्लाको बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका छनोटमा परेका थिए । 

औद्योगिक ग्रामभित्र उद्योग स्थापना गर्न आवश्यक जग्गाको छनोट, सडकको व्यवस्था, विद्युत् प्रसारण लाइन तथा आवश्यकताअनुसार सवस्टेशन, ट्रान्सफर्मर, र वैकल्पिक ऊर्जाको स्रोत, गोदाम घरलगायतका संरचना आवश्यक पर्दछन् । कृषि तथा पैदावारमा आधारित र स्थानीय स्तरको मागमा आधारित उद्योग सञ्चालन गर्न उद्योग ग्रामको प्राथमिकतामा पर्दछ । स्थानीय स्रोत तथा साधनको प्रयोग गरी स्थानीय तहका नागरिकलाई रोजगारी सिर्जना गर्नका लागि औद्योगिक ग्रामले भूमिका खेल्नेछ । 

औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्ने व्यवस्था गरिएको छ । औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैङ्क तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, प्राथमिक स्वास्थ्य केन्द्र संरचना तयार गर्नुपर्ने हुन्छ । 

औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा उद्योग सञ्चालन गर्न सकिने व्यवस्था रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । “स्थानीय तहले उपयुक्त लागेका कृषि, वन पैदावार तथा सेवा मूलक उद्योग सञ्चालन गर्न सकिनेछ”, उनले भने , “स्थानीयलाई धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेखालका उद्योग स्थापना गर्नेछौँ ।” ताराखोलामा उत्पादन हुँदै आएको अल्लोको कपडा तथा नेपाली कागजको औद्योगिक ग्राममा उद्योग स्थापना गरी निर्यात गर्ने योजनामा रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । 

बागलुङ नगरपालिकाले नगरभित्रको कालाखोला बगरमा ८५ रोपनी जग्गा तथा ताराखोला गाउँपालिकाले भुस्कालमा ९० रोपनी जग्गा व्यवस्थापन गरेको छ ।रासस

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME