Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

पाल्पामा अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान

ज्ञानमाण्डू।राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम सुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम सुरु गरेको हो ।

परोपकार कार्यका लागि सहयोग सङ्कलन गर्न संस्थाले मुठ्ठीदान अभियान थालेको महासङ्घका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताएका छन् । “सानो सानो सहयोगले पनि कसैको जीवनमा ठुलो सहयोग पुग्ने हुँदा मुठ्ठीदान अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा स्वेच्छाले आफूले सकेको सहयोग गर्न सक्नुहुने छ”, उनको भनाइँ रह्यो । गरिब, अनाथ र विपन्न परिवारका सदस्य, विभिन्न दुर्घटनामा परी जीवन मरणको दोसाँधमा बाँचेका नागरिक, ज्येष्ठ नागरिक, सहाराविहीन व्यक्तिका लागि सहयोग गर्ने उद्देश्यले मुठ्ठीदान अभियान चलाएको उनको भनाइ छ । तीन सय ६५ दिनमा दैनिक रु एक परोपकारका लागि रकम सङ्कलन गरियो भने पनि त्यस रकमले अरूको जीवनमा ठुलो राहत मिल्ने महासङ्घका सल्लाहकार सागरप्रसाद देवकोटा बताए ।

“सानो रकमले पनि अरूको जीवनमा खुसी दिन सकियो भने यहीँ नै जीवनको पुण्य कर्म हो, सके धेरै नसके दिनको एक रुपैयाँ परोपकार केन्द्रका लागि छुट्याउ, यस कार्यमा अन्य जिन्सी दान पनि सहयोग गर्न सकिन्छ”, उनले थपे । मुठ्ठीदान अभियानमार्फत सङ्कलित रकम अत्यन्तै नाजुक अवस्थामा रहेका गरिब, विपन्न, अनाथ व्यक्ति तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई सहयोग गर्ने महासङ्घले जनाएको छ ।

एम्बुलेन्स सेवा सञ्चालनमा पाल्पाको रामपुर नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । रामपुर नगरपालिकासहित पाल्पाका पूर्वी भेगका जनतालाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

कालीगण्डकी फाउण्डेशन नेपालमार्फत सञ्चालन हुने सो एम्बुलेन्स सेवाको स्थानीयवासी ज्येष्ठ नागरिक ९३ वर्षीय फनकुमारी पोखरेलले बुधवार उद्घाटन गरेका छन् । सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले रामपुर क्षेत्रका स्थानीयवासी स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने अवस्था रहेकाले यसले थप सेवा प्रदान गर्ने जनाए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्वास्थ्य उपचारका लागि बाहिर जाने स्थानीयवासीका लागि यो सेवाले सहज गराउने बताएका छन् । पूर्वी भेगका नागरिकलाई सहज सेवा दिने गरी एम्बुलेन्स सञ्चालन गर्ने फाउण्डेशनका अध्यक्ष नीलकण्ठ भण्डारीले उल्लेख गरे ।रासस