सिटिजन्स बैंककाे नाफा ६८ करोड ७७ लाख
ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनलको नाफा १०.७३ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ७७ करोड ३ लाख नाफा कमाएको थियो भने अहिले ६८ करोड ७७ लाख नाफा कमाएको देखिन्छ ।
८ अर्ब ६२ करोड २१ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंक इन्टरनेसनलले ७५ अर्ब ५९ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ९ करोड ८१ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ३ अर्ब ५४ करोड ६६ लाख ७८ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले घटेर १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा
अनुपात ०.९९ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा छ
भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा छ र मूल्य आम्दानी अनुपात १२.४१ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण
|
दोस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू ८,६२,२१,९७
|
निक्षेप संकलन
|
रू ७५,५९,३३,६३
|
कर्जा लगानी
|
रू ६९,०९,८१,२५
|
खुद ब्याज आम्दानी
|
रू १,४३,८०,००
|
नाफा/(नाेक्सान)
|
रू ६८,७७,०१
|
जगेडा कोष
|
रू २,८८,३१,९५
|
संचित मुनाफा
|
रू ६६,३४,८३
|
निष्कृय कर्जा
|
०.९९%
|
प्रतिशेयर आम्दानी
|
१५ रुपैयाँ ९५ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१४१ रुपैयाँ १३ पैसा
|
आम्दानी अनुपात
|
१२.४१ गुणा
|
प्रतिकृया दिनुहोस्