Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

चार सहकारी एकीकृत

ज्ञानमाण्डू।जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमुना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पुँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । एकीकृत सहकारी संस्थाको अध्यक्षमा हिमालप्रसाद शर्मा चयन भएका छन् । 

सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि–२०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर सहकारी एकीकरण गरिएको अध्यक्ष शर्माले बताए । “आउँदो शनिवार हुने साधारण सभाबाट एकीकरणलाई अनुमोदन गरेर अगाडि बढ्छौँ”, उनले भने । 

एकीकरणपछि सहकारीको कूल शेयर पुँजी रु पाँच करोड २३ लाख पुगेको छ । यस्तै शेयर सदस्य सङ्ख्या ६२१ छ । रु नौ करोड बचत र रु एक अर्व १३ करोड वार्षिक कारोबार रहेको अध्यक्ष शर्माले जानकारी दिए । सहकारीको कार्यक्षेत्र जिल्लाभर छ । 

पुँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा समितिलगायत अन्य समिति र पदाधिकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ । 

यस्तै सर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारण सभामा लैजाने र साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि–२०७० ले गरेको छ । 

यस्तै रामरेखा बहुउद्देश्यीय, रात्माटा कृषि र मूलपानी कालिका सहकारी संस्थालाई एकीकरण प्रक्रियामा ल्याउन छलफल चलिरहेको कालिका सहकारीले जनाएको छ । हालसम्म जिल्लामा १५ भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् । जिल्लामा पहिलो पटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबिच एकीकरण भएको थियो । सरकारले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन एकीकरणको नीति ल्याएको हो । जिल्लामा ४०० बढी सहकारी संस्था छन् ।रासस 

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME