Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान

ज्ञानमाण्डू।अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । 

नेपाली नयाँ शिशुहरूको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ। 

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको सुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरूको भविष्यका लागि पनि सोच्ने अवसर रहेको जनाउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले , “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा सुरु गरेका हरेक बालबालिकाको उनीहरूलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।” भने। 

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इन्डोनेसिया, संयुक्त राज्य अमेरिकालगायत छन् । 

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरूको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरू जन्मेको पहिलो महिनामै र तीमध्ये करिब एक तिहाइ उनीहरूको जीवनको पहिलो दिनमै मरेको जनाएको छ । ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् । 

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो । युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्य कर्मीमा तत्काल लगानी गर्न आह्वान पनि गरेको छ ।रासस 

Ad After News Content

GME

Enjoy Your Study