Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

युवालाई बिना धितो ऋण

ज्ञानमाण्डू।प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । 

प्रदेश सरकार, सीप परियोजना र प्रभु बैङ्कबिच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैङ्कले युवालाई ऋण दिन शुरुआत गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले बैङ्कको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको जानकारी दिए । उनले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरे । यसअघि एसबिआइ बैङ्कले कर्जाको शुभारम्भ गरेको थियो ।

प्रभु बैङ्कले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैङ्कले सेवा दिने जनाइएको छ । ती बैङ्कले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रम सम्झौतापछि बैङ्कमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैङ्कका कार्यकारी प्रमुख मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा सामाजिक विकास मन्त्री नव किशोर साह,सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजनाका बलजित बोहराले नयाँ कार्यक्रम शुरुआत भएको बताए ।रासस 

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME