नेप्सेमा साढे २६ अङ्कको गिरावट
ज्ञानमाण्डू। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६
अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो
लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४
विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो
लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख
४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा
खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ
१५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२,
वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त
५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो
कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई
शीर्षस्थानमा रह्यो । एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल
लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६
करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार
९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ
इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई
शीर्षस्थानमा रहे ।
मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ
इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी
पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए ।
पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१,
विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा
विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए । रासस
प्रतिकृया दिनुहोस्