सानिमा बैंककाे नाफा १ अर्ब १४ कराेड
ज्ञानमाण्डू। सानिमा बैंकको नाफा १६.८४ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ९८ करोड २० लाख नाफा कमाएको थियो भने अहिले १ अर्ब १४ कराेड नाफा कमाएको देखिन्छ ।
८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकले ९९ अर्ब ३० करोड ५ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड २९ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ३ अर्ब ९० करोड ११ लाख ४९ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.५४ प्रतिशतले बढेर २ अर्ब १६ करोड ७९ लाख ८७ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा
अनुपात ०.४१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा छ
भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३२ पैसा छ र मूल्य आम्दानी अनुपात १३.१५ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण
|
दोस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू ८,८०,१३,८१
|
निक्षेप संकलन
|
रू ९९,३०,०५,०१
|
कर्जा लगानी
|
रू ८८,७१,२९,२८
|
खुद ब्याज आम्दानी
|
रू २,१६,७९,८७
|
नाफा/(नाेक्सान)
|
रू १,१४,७४,६५
|
जगेडा कोष
|
रू २,८८,३१,९५
|
संचित मुनाफा
|
रू १,०१,७९,५४
|
निष्कृय कर्जा
|
०.४१%
|
प्रतिशेयर आम्दानी
|
२६ रुपैयाँ ७ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१४४ रुपैयाँ ३२ पैसा
|
आम्दानी अनुपात
|
१३.१५ गुणा
|

प्रतिकृया दिनुहोस्