Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

ज्ञानमाण्डू।सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा यही पुस २६ देखि माघ १ गतेसम्म ३ नं प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिने भएको छ । 

सिन्धुको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनाका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने उद्देश्यले प्रदेशस्तरीय प्रथम भदौरे गणेश कप भलिबल प्रतियोगिता गरिन लागिएको हो । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका टोलीले भाग लिनेछन् । 

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु दुई लाख दुई हजार २० र द्वितीय हुने टोलीलाई रु एक लाख एक हजार १०, कप तथा मेडल प्रदान गरिने आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले जानकारी दिए ।रासस

Ad After News Content

GME

Enjoy Your Study