Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैङ्कहरूलाई दाँजेर हेर्दा

ज्ञानमाण्डू।२७ वटै वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउने राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, नबिल बैङ्क, एनआईसी एशिया बैङ्क र हिमालयन बैङ्क गरी ५ वटा वाणिज्य बैंकहरुलाई दोश्रो त्रैमासको वित्तीय विवरणक आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे १० अर्ब ०९ करोड ७४ लाख ९७ हजार रुपैयाँ, एनआईसी एशिया बैंककाे ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ र हिमालयन बैंककाे ८ अर्ब ५२ करोड ०२ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

निक्षेप संकलन: १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरि ग्लोबल आइएमई बैंक अगाडि रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख २७ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले १ खर्ब ७८ अर्ब ७४ करोड ३८ लाख ६९ हजार रुपैयाँ, नबिल बैंकले १ खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख ३२ हजार रुपैयाँ, हिमालयन बैंकले १ खर्ब १२ अर्ब ७२ करोड ९१ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

कर्जा लगानी: एनआईसी एशिया बैंकले १ खर्ब ५१ अर्ब ४५ करोड २७ लाख ३५ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख ९२ हजार रुपैयाँ, नबिल बैंकले १ खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख २३ हजार रुपैयाँ, हिमालयन बैंकले ९७ अर्ब ७२ करोड ०४ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् भने कर्जा लगानीमा पनि ग्लोबल आइएमई बैंकले १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख ३८ हजार रुपैयाँ लगानी गर्दै कर्जा लगानीमा पनि अघि रहेको छ । 

खुद ब्याज आम्दानी: राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय विस्तारबाट एनआईसी एशिया, ग्लोबल आइएमई, नबिल र हिमालयन बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ०६ करोड ०६ लाख २६ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले ३ अर्ब ६४ करोड ७४ लाख ५९ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ, नबिल बैंकले ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार रुपैयाँ र हिमालयन बैंकले २ अर्ब ५७ करोड ८० लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा: राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा बढि २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने ग्लोबल आइएमई बैंकले २ अर्ब १३ करोड ७२ लाख ३९ हजार रुपैयाँ, नबिल बैंकले २ अर्ब ०४ करोड १८ लाख ६१ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब ०१ करोड ६२ लाख २५ हजार रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ७४ करोड २४ लाख ०६ हजार रुपैयाँ कमाएको देखिन्छ ।

जगेडा कोष र संचित मुनाफा: राष्ट्रिय वाणिज्य बैंकको जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख ८९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ४० करोड ७० लाख १२ हजार रुपैयाँ रहेको छ भने नबिल बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ०६ लाख १८ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब १३ करोड ०४ लाख ४३ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख ८९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ०९ कराेड ४० लाख ११ हजार रुपैयाँ, हिमालयन बैंकको जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख ४१ हजार रुपैयाँ र संचित मुनाफा ३ अर्ब १० कराेड २७ लाख ३७ हजार रुपैयाँ छ भने एनआईसी एशिया बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड ५८ लाख ३७ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ३२ कराेड ७५ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ४६ प्रतिशत देखिन्छ भने नबिल बैंकको ० दशमलव ७५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १ दशमलव २० प्रतिशत, हिमालयन बैंकको १ दशमलव २८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४ दशमलव ७७ प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: एनआईसी एशिया बैंकको प्रति शेयर आम्दानी ४१ रुपैयाँ ६१ पैसा, हिमालयन बैंकको प्रति शेयर आम्दानी ४० रुपैयाँ ९० पैसा, नबिल बैंकको प्रति शेयर आम्दानी ४० रुपैयाँ ४४ पैसा, ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा छ भने राष्ट्रिय वाणिज्य बैंक प्रति शेयर आम्दानी ४९ रुपैयाँ ०७ पैसा सहित अघि छ ।

प्रतिशेयर नेटवर्थ: राष्ट्रिय वाणिज्य बैंकको प्रति शेयर नेटवर्थ २५४ रुपैयाँ २४ पैसा, नबिल बैंकको २३६ रुपैयाँ ६८ पैसा, हिमालयन बैंकको २०८ रुपैयाँ २० पैसा, एनआईसी एशिया बैंकको १६४ रुपैयाँ ८७ पैसा छ भने ग्लोबल आइएमई बैंकको प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ ।

मूल्य आम्दानी अनुपात: एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात १०.६५ गुणा, ग्लोबल आइएमई बैंकको १३.१० गुणा, हिमालयन बैंककाे १३.७४ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात १८.०५ गुणा छ ।

Ad After News Content

GME

Enjoy Your Study