Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक श्री मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर श्री निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख श्री खगेन्द्र निरौलालाई रु पाँचलाखको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंक लिमिटेडले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे ।
 

बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरेका छन् । उनले ग्लोबल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागी आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी गराए । 

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content