कृषि विकास बैंकको नाफा १ अर्ब ५८ कराेड

ज्ञानमाण्डू। कृषि विकास बैंकको नाफा २२.८० प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब २८ करोड ८० लाख ४८ हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ५८ कराेड १७ लाख २७ हजार नाफा कमाएको देखिन्छ ।
१४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कृषि विकास बैंकले १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ३६ करोड ९ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख ४० हजार रुपैयाँ र संचित मुनाफा ४ अर्ब ४६ कराेड २८ लाख ३३ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.२५ प्रतिशतले घटेर ३ अर्ब १७ करोड १६ लाख ३ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ३.९१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.०१ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण
|
दोस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू १४,९८,९१,७२
|
निक्षेप संकलन
|
रू १,२७,२१,६७,९३
|
कर्जा लगानी
|
रू १,१५,३६,०९,९४
|
खुद ब्याज आम्दानी
|
रू ३,१७,१६,०३
|
नाफा/(नाेक्सान)
|
रू १,५८,१७,२७
|
जगेडा कोष
|
रू १०,४१,८५,४०
|
संचित मुनाफा
|
रू ४,४६,२८,३३
|
निष्कृय कर्जा
|
३.९१%
|
प्रतिशेयर आम्दानी
|
३१ रुपैयाँ ४७ पैसा
|
आम्दानी अनुपात
|
१२.०१ गुणा
|
प्रतिकृया दिनुहोस्