Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई

ज्ञानमाण्डू।यस वर्षको ‘अलि मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ । 

लोककवि अलि मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु २० हजारसहित सम्मानपत्र रहेको छ । मियाँको १०२औँ जन्मजयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गायिका भण्डारीलाई पुरस्कार अर्पण गर्दै लोककवि मियाँको व्यक्तित्वमाथि चर्चा गरेका थिए । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनफि मियाँ, सचिव पद्मराज ढकाल साहित्यकार डा बाबुराम अधिकारी, दुर्गाबहादुर शाह, अम्बिका भट्टराई, कृष्णप्रसाद बाँस्तोला, तारा बराल, रवीन्द्र माकाजु, फणिन्द्र अकिञ्चन, आरजु विष्ट सल्यानीलगायतले पुरस्कृत भण्डारी र लोककवि मियाँको बहुआयामिक पक्षमाथि चर्चा गरेका थिए । पुरस्कृत भण्डारीले आफ्नो भोगाइ, सिकाइ र सङ्घर्ष खुला विश्वविद्यालय भएको बताए ।रासस 

Ad Below News Title

Mega Bank

Ad After News Content