राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड

ज्ञानमाण्डू। राष्ट्रिय वाणिज्य बैंकको नाफा ८.३२ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले २ अर्ब ४० करोड ९९ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख ८९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ४० कराेड ७० लाख १२ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.१६ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ६ लाख २६ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ४.७७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ २४ पैसा छ ।
As on 29th Poush 2076 BS
विवरण
|
दोस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू ९,००,४७,९६
|
निक्षेप संकलन
|
रू १,९४,९०,१९,२७
|
कर्जा लगानी
|
रू १,४७,८९,७९,९२
|
खुद ब्याज आम्दानी
|
रू ५,०६,०६,२६
|
नाफा/(नाेक्सान)
|
रू २,२०,९४,८२
|
जगेडा कोष
|
रू १२,४८,२१,८९
|
संचित मुनाफा
|
रू १,४०,७०,१२
|
निष्कृय कर्जा
|
४.७७%
|
प्रतिशेयर आम्दानी
|
४९ रुपैयाँ ७ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
२५४ रुपैयाँ २४ पैसा
|
प्रतिकृया दिनुहोस्