Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन

ज्ञानमाण्डू।काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्‍याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । 

आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् । उनीहरू नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरू त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एक जना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरू केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । उनले भने ,“अहिले त्यहाँ भएका जनशक्ति नियमित रूपमा काम गरिरहेका पाइएको छ ।”

सरकारले आगामी असारसम्ममा काठमाडौँमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । दक्ष र अदक्ष गरी झन्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झन्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् । कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरू योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।रासस