Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

मेरो किरानाबाट एन आई सी एशिया बैंककोे डिजिटल सेवा प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

ज्ञानमाण्डू। एन आई सी एशिया बैंकका ग्राहकहरुलाई मेरो किराना अनलाईन (merokirana.com) बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन् । मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सकिने छ । यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।
 
एन आई सी एशिया बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत करिब २१ लाख ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 NIC ASIA BANK

Merokirana

Ad After News Content