Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

एन आई सी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक

ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गरे । भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ । बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । सम्पूर्ण ग्राहकहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैैकले यो पात्रो सार्वजनिक गरेको जनाएको छ ।


डिजिटल पात्रो ग्राहकहरूले यस लिंक https://www.nicasiabank.com/online-services-footer/nicasia-calendar मार्फत सजिलै आफ्नो मोबाईल तथा कम्प्युटरमा डाउनलोड गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

Ad After News Content