Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरुले पनि सहयोग उपलब्ध गराउन लागेको जानकारी दिए ।

मानवीय सङ्कट आउन नदिन र दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले खाद्य सामग्री अभाव हुन नदिन महासङ्घले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराएको महासङ्घले जानकारी दिएको छ । महासङ्घले विपत्को घडिमा अहोरात्र खटेर साथ दिने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष धन्यवाद दिएको छ । रासस

Ad After News Content