नबिल बैंकको नाफा ३ अर्ब १५ करोड
ज्ञानमाण्डू। नबिल बैंकको नाफा १.०१ प्रतिशतले घटेकाे छ । गत आ.व.को तेस्रो त्रैमाससम्ममा
बैङ्कले ३ अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो भने चालु आ.व.को तेस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले १ खर्ब ७१ अर्ब ०२ करोड ४३ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब ३९ करोड ८ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब ७६ करोड ९५ लाख ८७ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब ९ कराेड ५२ लाख ८४ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.७३ प्रतिशतले घटेर ५ अर्ब ३७ करोड ५ लाख १२ हजार रुपैयाँ पुगेकाे छ । बैंङ्कमा निष्कृय कर्जा अनुपात ०.६३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २१ पैसा छ र मूल्य आम्दानी अनुपात १६.८१ गुणा छ ।
As on 30th Chaitra 2076 BS
विवरण
|
तेस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू १०,०९,७४,९७
|
निक्षेप संकलन
|
रू १,७१,०२,४३,२८
|
कर्जा लगानी
|
रू १,४९,३९,०८,९८
|
खुद ब्याज आम्दानी
|
रू ५,३७,०५,१२
|
नाफा/(नाेक्सान)
|
रू ३,१५,८६,८६
|
जगेडा कोष
|
रू १२,७६,९५,८७
|
संचित मुनाफा
|
रू २,०९,५२,८४
|
निष्कृय कर्जा
|
०.६३%
|
प्रतिशेयर आम्दानी
|
४१ रुपैयाँ ७१ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
२४७ रुपैयाँ २१ पैसा
|
आम्दानी अनुपात
|
१६.८१ गुणा
|
प्रतिकृया दिनुहोस्