Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेपाल टेलिकमकाे कूल सेवा आय २६ अर्ब ८३ करोड रूपैयाँ

ज्ञानमाण्डू। गत आ.व.को तेस्रो त्रैमासिकसम्ममा नेपाल टेलिकमले सेवा वापत कूल २७ अर्ब ५० करोड ६० लाख ७५ हजार रुपैयाँ कमाएको थियो भने चालु आ.व.को तेस्रो त्रैमासिकसम्ममा नेपाल टेलिकमले २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ कमाएको देखिन्छ । 

गत आ.व.को तेस्रो त्रैमासिकसम्मको कूल आयको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको सेवा वापतको आयमा कमी आउनुका कारणहरू वि.सं. २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको । चालु आ.व. को तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५३,३४४,२७३ रहेको । तसर्थ गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने साथै यसरी चालु आ.व. को तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आ.व. को सोही अवधिको तुलनामा करिब रू. १८ करोडले बढी हुने कम्पनीले जनाएको छ ।

त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको । लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १००% बोनस रकम कूल रु. ५३.४ करोड बराबरको हुने । सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई रू. ५.३ करोड बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरेको । त्यसैगरि मोबाइल सेवाको आधारभूत दरमा २७% देखि ३०% सम्म छुट प्रदान गरेको जुन रू. ८.२ करोड बराबरको हुने । यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६.९ करोड बराबरको नकारात्मक असर परेको । यस बाहेक कम्पनीले कोरोना राहत कोषमा रू. १० करोड योगदान गरेको कुरा समेत टेलिकमले जानाएको छ ।

उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको कुरा टेलिकमले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।