नेपाल राष्ट्रबैंकद्धारा सफा नोट नीति, २०७३ मा संशोधन

ज्ञानमाण्डू। नेपाल राष्ट्रबैंकले २०७३ साल बैशाख १२ गते जारी सफा नोट नीति, २०७३ मा संशोधन गरेको छ । संशोधित नीति अनुसार बैक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई ए.टीं.एम. लगायतका मेशिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी ३ भागमा विभाजन गर्नुपर्ने, पूर्व राजाको तस्वीर अंकित भएको नोटलाई पुनः निष्कासन अयोग्य नोटको रुपमा बर्गीकरण गरी चलनचल्तीमा नपठाउने तथा चलनचल्तीमा पठाउन अयोग्य नोट नोट कोष वा नेपाल राष्ट्र बैंकमा पहुंच नहुने बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा र अन्य बैक वा वित्तीय संस्थाले नोट कोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने एवं भुक्तानी वा सटही सुविधा उपलब्ध गराउदा चलन चल्तीमा पठाउन योग्य नोट मात्र निश्चित प्रकृया अपनाई Disinfect गरेर प्रयोग गर्नुपर्ने लगायतका ब्यवस्थाहरु समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस्