Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

जि.एम.इ रेमिट र अलयुसुफ एक्सचेन्ज बिच विप्रेषण सम्झौता

ज्ञानमाण्डू। बहराईनको ख्याति प्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्ज (Alyousuf Exchange) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ । जि.एम.इ रेमिटको माध्यमबाट बहराईनमा रहेको अलयुसुफ एक्सचेन्ज (Alyousuf Exchange) का सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिने भएको छ ।

नेपालमा जि.एम.इ. रेमिट सँग आबद्ध ८५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने कुरा जि.एम.इ रेमिटले जनाएको छ ।  

उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्ज (Alyousuf Exchange)    को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका छन् ।

जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Ad After News Content

GME

Enjoy Your Study