Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

वीर अस्पताललाई स्वास्थ्य सेवामा नेतृत्व गर्न निर्देशन

ज्ञानमाण्डू। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१आैं वार्षिकोत्सवको उद्घाटन समारोहमा उहाँले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व गर्न निर्देशन दिएका  छन् 

उनले सरकारले स्वास्थ्य सेवा सुधारका काम गर्न थालेको र कोभिड–१९ का कारणले केही ढिलाइ भएको बताएका  छन् । अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा नियमित रुपमा प्रदान गर्नाका साथै कोभिड–१९ सँग सम्बन्धित परीक्षणको सेवासमेत प्रदान गरेको उल्लेख गर्दै नेपाल र नेपाली जनताको गौरव एवम् पहिचानका रुपमा स्थापित अस्पतालले थप सेवा विस्तार र प्रभावकारी तुल्याउँदै नमूना अस्पतालका रुपमा आफूलाई स्थापित गराउनुपर्ने बताएका  छन् ।

 उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा मन्त्रालयले खेलेको भूमिकाले नियन्त्रणमा सहज भएको भन्दै सीमित साधन स्रोतका बाबजुद विकसित मुलुक जस्तै यहाँ पनि समाजमा रहेका सङ्क्रमित व्यक्तिलाई खोजेर उपचार गरिएको जानकारी दिएका छन् । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अस्पताललाई सबै नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन व्यवस्थित बनाउनुपर्ने बताएका छन् । उहाँले अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्ने बताएका छन् । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालले स्वास्थ्य सेवालाई व्यवसायबाट सेवामूलक बनाइने भन्दै स्वास्थ्य सेवालाई पहुँचसँग मात्र नजोडेर गुणस्तरसँग पनि जोड्नुपर्ने बता ।
वीर अस्पताल
उहाँले सरकारसँग पर्याप्त मात्रामा साधन स्रोत भए पनि काम गर्ने विधि र शैलीको अभाव रहेको धारणा राखे । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले अस्पताल जनताको सेवामूलक संस्थाका रुपमा विकास गरिएको बताएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सुबोध अधिकारीले आगामी दिनमा आफ्नै शैक्षिक कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दि । प्रतिष्ठानका डिन प्राडा पियुष दाहालले प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय विश्वविद्यालय बनाइनुपर्ने बताएका छन् । 

अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले अस्पतालले गुणस्तरीय तथा भरपर्दो सेवा न्यून शुल्कमा प्रदान गरिरहेको बताउनुभयो । १९४७ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीर शमशेरले अस्पताल निर्माण गरेका थिए । १५ श्ययाबाट शुरु भएको अस्तपालमा अहिले ४६० श्यया र २०० श्ययाको राष्ट्रिय ट्रमा सेन्टर रहेको छ । 

अस्पतालको सेवा विस्तार गर्नका लागि थप ५०० श्ययाको सर्जिकल भवन निर्माण गर्न थालिएको छ । अस्पतालले अहिले नर्सिङ तथा चिकित्सा क्षेत्रतर्फ प्रवीणता प्रमाणपत्र तहदेखि स्नातक, स्नातकोत्तर तह सम्मको अध्ययन–अध्यापन गराउँदै आइरहेको छ । अस्पतालले अहिले बहिरङ्ग सेवा, आकस्मिक सेवालगायत विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । रासस

Bir Hospital

Ad After News Content

GME

Enjoy Your Study