थप एक सय जनामा कोभिड–१९ सङ्क्रमण

प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ११९, प्रदेश २ मा एक
हजार ८७८, वाग्मती प्रदेशमा ४२०, गण्डकी प्रदेशमा ३७९, प्रदेश ५ मा ३४५,
कर्णाली प्रदेशमा २९० र सुदूरपश्चिम प्रदेशमा एक हजार ९२७ रहेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २० हजार ८४२ जना रहेका छन् ।
कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको २०७ छ ।
हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ६८४ रहेको छ । जम्मा
सङ्क्रमितमध्ये ७० दशमलव एक प्रतिशत निको भएको उनले बताए । कोभिड–१९
को कारण आज एक चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु भएको मन्त्रालयले
जनाएको छ ।
हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ४१० छ ।
त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार ८२ छन् । आज मात्रै ८० जनाले इन्ट्री
गरेकामा रेड जोनमा एक जना झापाका व्यक्ति परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर गु्रपमा जोडिनेको सङ्ख्या उल्लेख्य
रहेको छ । त्यस्तै सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका तीन जिल्लामा
रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि सङ्क्रमित नभएका
जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका
छन् ।
आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित भेटिएका
जिल्लामा सुनसरी, झापा, मोरङ, सप्तरी, धनुषा, पर्सा, बारा, काठमाडौँ,
सर्लाही, चितवन, बाग्लुङ र लमजुङ रहेका छन् । त्यस्तै स्याङ्जा, बाँके,
बर्दिया, कालिकोट, डोटी र दैलेख र बझाङमा पनि नयाँ सङ्क्रमित फेला परेको
मन्त्रालयले जनाएको छ ।
विभिन्न क्षेत्रका व्यक्तिले कोभिड–१९ को परीक्षण कम हुँदा सङ्क्रमित कम
भेटिएको भने पनि तथ्याङ्कले केस पनि कम भइरहेको देखाएको छ । सरकारले गत
असार १० मा छ हजार ८२८ जनाको परीक्षण गर्दा ६१९ अर्थात् नौ दशमलव दुई
प्रतिशत सङ्क्रमित देखिएकामा अहिले जम्मा परीक्षण गरिएकामा आज दुई दशमलव छ
प्रतिशतलाई मात्रै सङ्क्रमण पुष्टि भएको छ ।
बन्दाबन्दी खुकुलो भए पनि नागरिकले आवश्यक सुरक्षा अपनाउनुपर्नेमा प्रवक्ता
गौतमको भनाइ छ । विभिन्न देशमा बन्दाबन्दी नगरे पनि सर्तकता नअपनाउँदा
त्यसको नकारात्मक असर देखिएको उनले औँल्याए । उनले भने,
“त्यसैले आवश्यक पर्दा मात्रै घर बाहिर निस्कने र निस्कँदा पनि अनिवार्य
मास्क लगाउनुपर्छ ।” रासस
प्रतिकृया दिनुहोस्