Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

ज्ञानमाण्डू। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हिजाे एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।

हिजाे यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको छ । सिम्रिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेको थियो । आन्तरिक तथा अन्तरराष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरिएको थियो । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बन्दाबन्दी खुले पनि अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएनन् । दुई दिन उडान स्थगन गरेर शुक्रबारदेखि पुनःअन्तरराष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार हिजाे जम्मा चार अन्तरराष्ट्रिय उडान भएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २६४ यात्रु ल्याएको छ भने हिमालय एयरलाइन्सले सोही गन्तब्यबाट दुई उडान गरि क्रमशः १४८ र १४५ यात्रु काठमाडौँ ल्याएको छ । रोयल एयरफोर्सले दुबईबाट १३ यात्रु नेपाल ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार एकमात्र उडान शिल्क एयरले सिङ्गापुरबाट यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।रासस

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME