एन आई सी एशिया बैंकको घर, सवारी र व्यवसाय कर्जा सम्बन्धी आकर्षक योजना
ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने क्रमलाई निरन्तरता दिँदै सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ ।
बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको जनाएको छ । यस अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउने छ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकहरुले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष (Moratorium
period ५ वर्ष समेत गरी) कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको Moratorium
period लिन सकिने र उक्त Moratorium अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ । यस बाहेक Flexible EMI मार्फत ग्र्राहकहरुले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने EMI वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकहरुले Bundle Offer अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेकाले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (SWAP) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने कुरा समेत बैंकले जनाएको छ ।
यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकहरुले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकाहरुले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (SWAP) गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेका साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् र यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आम सर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकको विश्वास रहेको जनाएको छ ।
सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप आवश्यक कागजात प्राप्त भए पश्चात् बैंकले यी तीन वटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको छ । यी कर्जाहरु बारे आवेदन बैंकको बेवसाइट www.nicasiabank.com मार्फत अनलाइन दिन सकिनेछ तथा ३४४८८ मा Loan टाइप गरी एस एम एस (SMS) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्