नेपाल टेलिकमकाे Call Transfer सुविधा निःशुल्क सुचारु गर्न सकिने
ज्ञानमाण्डू। कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । ध्यचप ाचयm ज्यmभ अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिंदैछ । यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको Call
Transfer सुविधाले केही राहत दिनसक्छ ।
नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले Call Transfer गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।
यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी Direct Call Transfer अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा त्चबलकाभच हुने व्यवस्था मिलाउन सकिन्छ । कल गरिएको नम्बर व्यस्त भएमा Busy Transfer अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा Transfer हुने तथा No Answer Transfer मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा त्चबलकाभच हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्