Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत प्रगति

ज्ञानमाण्डू। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ६२ प्रतिशत भएको छ ।

बन्दाबन्दीको अवधिमा समेत निरन्तर सञ्चालन भएको यो परियोजनाको भौतिक प्रगती ६२ प्रतिशत भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीका बीचमा पनि पोखरा विमानस्थलको काम निरन्तर जारी रह्यो । अहिले २४४ चिनियाँ र १०० नेपाली कामदारले सुरक्षित रुपमा काम गरिरहेका छन् । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाले हाल ६२ प्रतिशत प्रगति हासिल गरेको छ । निर्माण कार्य सन्तोषजनक रहेको भन्दै मन्त्री भट्टराईले महामारीका बीचमा पनि निरन्तर काममा खटिने कामदार तथा आयोजना प्रमुख र कर्मचारीलाई धन्यवाद दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माणकार्य तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने बताए ।

उनले अहिलेको भौतिक प्रगतिसँगै प्राविधिक पक्षको कामलाई पनि प्रभावकारी रुपमा अघि बढाइने बताए । बन्दाबन्दीले अन्तर्राष्ट्रिय उडान नहुँदा आयोजनासँग जोडिएका कतिपय जनशक्ति तथा उपकरण अझै सहज भएको छैन । सरकारले भदौँ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको र नियामक निकाय तथा सरोकारवाला कम्पनीले स्वास्थ्य प्रोटोकल बनाएर सेवा सञ्चालनका तयारी गरिरहेका छन् । उडान शुरु भएपछि आयोजनाको कामले गति लिने विश्वास लिइएको छ ।

दुई हजार ५०० मिटर लामो धावनमार्ग हुने यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले विसं २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । रासस