कोभिड रोकथाम कोषका लागि सूर्य नेपालद्वारा रु एक करोड सहयाेग
ज्ञानमाण्डू। गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल
प्रालिले रु एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट
वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण
गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमा रहेको ठूलो प्रालिले कोभिड– १९
रोकथामका लागि दिएको सबैभन्दा ठूलो आर्थिक सहयोगले रोगविरुद्ध लड्ने
दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोभिड–१९ को रोकथामका लागि
सरकारको कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व वहन गरिएको स्पष्ट पारेका छन् ।
प्रदेश कोभिड रोकथाम कोषमा हालसम्म रु ३३ करोड तीन लाख १२ हजार ३९८ जम्मा
र रु १८ करोड ५४ लाख ६६ हजार ५०० खर्च भएको प्रदेश सामाजिक विकास
मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए । उनका अनुसार
कोषमा हाल रु १४ करोड ४८ लाख ४५ हजार ८९८ मौज्दात छ । रासस
प्रतिकृया दिनुहोस्